रुपन्देही नरसंहारः जेठ १४ गतेको त्यो झगडाले लियो पाँच जनाको ज्यान


रुपन्देही – रुपन्देहीको तिलोतमा नगरपालिका–१० कान्छीबजारमा आन्तरिक विवादका कारण सामूहिक हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सामूहिक हत्यामा संलग्न सुर्खेतका झपेन्द्र सिंजालीले गंगादेवी पशु फार्मका माधव मुसहरसँग झगडा भएको बताएका छन् ।

मंगलबार बिहान पशु फार्ममा पाँच जनाको सामूहिक हत्या गरिएको थियो । हत्या गरिएकामा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया श्रीमती जानकी मुसहर, १४ वर्षका कोषराज मुसहर, १७ वर्षीय करण चौधरी र सोही उमेरका आशिष चौधरी रहेका छन् । मृत्युक सबै तिलोत्तमा नगरपालिकाकै हुन् ।

गते जेठ १४ गते माधव मुसहर र हत्यामा संलग्न झपेन्द्रबीच पशु फार्ममै झगडा भएको र झगडा गर्ने क्रममा झपेन्द्रले ज्यान मार्ने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

करण र आशिषबाहेक अन्य तीनजना भैँसीफार्ममा काम गर्दै आएका थिए । करण र आशिष कामदार नभएर फर्ममा बस्न गएका थिए ।

कान्छी बजार घर भएका आशिष करणका साथी हुन् ।  उक्त फार्म कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण बहादुरको रहेको बताइएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख हेम बहादुर थापाले धेरैको घाँटीमा चोट देखिएको बताए । उनले सबैको पोष्टमार्टम गर्ने तयारी भएको र रिर्पोट आएपछि सबै खुल्ने बताए । प्रमुख थापाले घटनास्थलमा मदिराका बोतलहरु भेटिएकाले नसाको सुरमा हत्या गरिएको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement