सप्तरीमा एकै घण्टाको बर्षाले तोड्यो ३१ वर्ष यताकै रेकर्ड

सप्तरीमा एकै घण्टाको बर्षाले तोड्यो ३१ वर्ष यताकै रेकर्ड


सप्तरी– रुपनी बजारमा अति भारी वर्षा भएको छ ।

त्यहाँ एक घण्टाको अवधिमै ७० मिलिमिटर वर्षा मापन भएको छ ।

यो सन् १९९३ मा कुलेखानीमा क्लाउड बर्ष्ट (आरीघोप्टे वर्षा) हुँदाको भन्दा पनि धेरै वर्षा हो ।

त्यतिबेला कुलेखानीमा एक घण्टामै ६५ मिलिमिटर वर्षा भएको थियो । कञ्चनपुरमा गत असार २३ र २४ गते भएको आरीघोप्टे वर्षाको बेला हनुमाननगर केन्द्रमा २४ घण्टाको अवधिमा ४४.२ मिलिमिटर वर्षा भएको थियो ।