बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको हो ।
अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या आएर शुक्रबार राति साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
हाल कोरोना विशेष अस्पतालमा १६ जनाको आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छन् ।शव व्यवस्थपानको तयारी भईरहेको जनाएको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ ।




प्रतिक्रिया