दमौली- अर्थमन्त्रीले डा.स्वर्णीम वाग्लेले आफनो गृहजिल्ला तनहुका स्थानीय पालिकाकालागि ४ अर्व बजेट विनियोजन गरेको छ । तनहुँ स्थानीय तहले आर्थिक वर्ष २०८३ / ८४ का लागि संघिय सरकारबाट चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले चार अर्ब ५६ करोड ४७ लाख विनियोजन गरेको हो ।
सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकालाई ९४ करोड ३० लाख विनियोजन गरिएको छ । व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ १८ करोड ६० लाख, सशर्त अनुदानतर्फ ७५ करोड २० लाख र समपुरक अनुदानतर्फ ५० लाख बजेट पाउनेछ ।
भानु नगरपालिकालाई ५९ करोड ६८ लाख विनियोजन गरिएको छ । भानुले समानीकरण अनुदानतर्फ १३ करोड ८७ लाख, सशर्त अनुदानतर्फ ४४ करोड ४१ लाख, विशेष अनुदानतर्फ एक करोड र समपुरक अनुदानतर्फ ४० लाख पाउनेछ ।
भिमाद नगरपालिकालाई ४५ करोड ६९ लाख विनियोजन गरिएको छ । भिमादले समानीकरण अनुदानतर्फ ११ करोड १४ लाख, सशर्त अनुदानतर्फ ३० करोड ७३ लाख, विशेष अनुदानतर्फ एक करोड ६७ लाख र समपुरक अनुदानतर्फ दुई करोड १५ लाख पाउनेछ ।
शुक्लागण्डकी नगरपालिकालाई ६३ करोड ७८ लाख विनियोजन गरिएको छ । शुक्लागण्डकीले समानीकरण अनुदानतर्फ १४ करोड ६० लाख, सशर्त अनुदानतर्फ ४६ करोड ४३ लाख, विशेष अनुदानतर्फ एक करोड ४० लाख र समपूरक अनुदानतर्फ एक करोड ३५ लाख पाउनेछ ।
आँबुखैरेनी गाउँपालिकालाई ३१ करोड ४१ लाख विनियोजन गरिएको छ । आँबुखैरेनीले समानीकरण अनुदानतर्फ नौ करोड ६७ लाख, सशर्त अनुदानतर्फ १७ करोड ३६ लाख, विशेष अनुदानतर्फ एक करोड ८० लाख र समपूरक अनुदानतर्फ दुई करोड ५८ लाख पाउनेछ ।
ऋषिङ गाउँपालिकालाई ३६ करोड ५९ लाख विनियोजन गरिएको छ । ऋषिङले समानीकरण अनुदानतर्फ १० करोड ३७ लाख, सशर्त अनुदानतर्फ २४ करोड ६१ लाख, विशेष अनुदानतर्फ ७६ लाख र समपूरक अनुदानतर्फ ८५ लाख पाउनेछ ।
घिरिङ गाउँपालिकालाई २८ करोड २९ लाख विनियोजन गरिएको छ । घिरिङले समानीकरण अनुदानतर्फ आठ करोड ७८ लाख, सशर्त अनुदानतर्फ १८ करोड ८१ लाख र समपूरक अनुदानतर्फ ७० लाख पाउनेछ ।
देवघाट गाउँपालिकालाई ३३ करोड ७० लाख विनियोजन गरिएको छ । देवघाटले समानीकरण अनुदानतर्फ आठ करोड ३२ लाख, सशर्त अनुदानतर्फ २३ करोड ८२ लाख, विशेष अनुदानतर्फ ८६ लाख र समपूरक अनुदानतर्फ ७० लाख पाउनेछ ।
म्याग्दे गाउँपालिकालाई ३० करोड ६५ लाख विनियोजन गरिएको छ । म्याग्देले समानीकरण अनुदानतर्फ नौ करोड ९२ लाख, सशर्त अनुदानतर्फ १८ करोड ६३ लाख, विशेष अनुदानतर्फ एक करोड ४० लाख र समपूरक अनुदानतर्फ ७० लाख पाउनेछ ।
बन्दीपुर गाउँपालिकालाई ३२ करोड ६८ लाख विनियोजन गरिएको छ । बन्दीपुरले समानीकरण अनुदानतर्फ नौ करोड छ लाख, सशर्त अनुदानतर्फ २० करोड सात लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख र समपूरक अनुदानतर्फ एक करोड ७५ लाख पाउनेछ ।




प्रतिक्रिया