रुसद्वारा ६९९ किलो कोकिन बरामद

रुसद्वारा ६९९ किलो कोकिन बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को – रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ । सूचना अनुसार उक्त बरामद लागुऔषध युरोपेली संघ (ईयू) लाई बेच्ने योजना बनाइएको बुझिएको छ ।

दुईजना कोलम्बियाली नागरिक र एकजना ईयु नागरिकले २.५ बिलियन रुबल (३१ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको सो लागुऔषधि रुस लगेर मस्कोको गोदाममा भण्डार गरेको एफएसबीले विज्ञप्तिमार्फत जनाएको छ । संदिग्धहरूले कोकिनको केही परिमाण ईयु देशमा तस्करी गर्ने र बाँकी परिमाण रुसमा बेच्ने योजना बनाएको एजेन्सीले जनाएको छ।

रुसी कानुन अनुसार हिरासतमा रहेका र २० वर्षसम्मको जेल सजाय भोगिरहेका तीन लागुऔषध कारोबारीविरुद्ध फौजदारी मुद्दा चलाइएको छ।