रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँच बाहिर

रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँच बाहिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँचभन्दा बाहिर पुगेका छन् । बिहीबार भएको आक्रमणमा परेर कम्तिमा सात जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

युक्रेनी सुरक्षा निकायका अनुसार रूसले ६ वटा क्रुज मिसाइल र पाँच वटा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणबाट ग्यास उत्पादन प्लान्ट र मिसाइल कम्पनीमा क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।