‘ मास्क’ बिना नै काम गर्दैछन् रूसी अस्पतालका कर्मचारी


एजेन्सी – विश्व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका चिकित्सक र अस्पतालमा खटिने कर्मचारीहरुले सुरक्षाको विषय उठाउँदै आइरहेका छन् ।

कतिपय राष्ट्रहरुले चिकित्सक र कर्मचारीहरुलाई न्यूनतम सुरक्षाका साधन पनि नदिएको गुनासो आइरहेको छ । रुसमा पनि चिकित्सक र कर्मचारीहरुमाथि यस्तै घटना भएको छ ।

रुसमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले  आफूहरुले पीपीई नलगाई काम गर्नु परेको गुनासो पोखेका छन् । उनीहरुले जोखिम मोलेर सफाईको काम गरिरहेको बताएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले पीपीईको अभाव भएको स्वीकार गरेका छन् । उनले पीपीईको उत्पादन बढाउन पनि निर्देशन दिएका छन् ।

तर अहिले पनि धेरै रूसी स्वास्थ्यकर्मीहरू उचित संरक्षण बिना काम गरेको र सार्वजनिक रूपमा गुनासो गर्न डराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement