रुसी सेनाले चेर्नोबिलको प्रयोगशाला ध्वस्त पारको युक्रेनको दाबी

रुसी सेनाले चेर्नोबिलको प्रयोगशाला ध्वस्त पारको युक्रेनको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चेर्नोबिल आणविक उर्जा केन्द्रमा कब्जा जमाउने रुसी सेनाले प्रयोगशाला ‘लुटेर नष्ट’ गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनको राज्य एजेन्सी फर एक्सक्लुसिभ जोन म्यानेजमेन्टले रुसी सेनाले आफ्नो केन्द्रीय विश्लेषणात्मक प्रयोगशालालाई क्षति दाबी गरेको हो । उक्त स्थानमा ठूलो मात्रामा आणविक वस्तु भण्डार गरिएको थियो ।

आफ्नो फेसबुक पेजमा, एजेन्सीले भन्यो, ‘त्यहाँ रेडियोन्यूक्लाइडका नमूनाहरू राखिएका थिए जुन धेरै सक्रिय थिए, ती अब शत्रुको हातमा छन्।’ एजेन्सीका अनुसार, प्रयोगशाला ६ मिलियन यूरोको लागतमा निर्माण गरिएको थियो र ‘महत्वपूर्ण उपकरण’ राखिएको थियो जुन युरोपमा कतै पाइँदैन। सन् १९८६ मा चेर्नोबिलमा विश्वको सबैभन्दा खराब आणविक प्रकोप भएको थियो ।