एजेन्सी– रुसले अमेरिकी सेनालाई मार्न अफगानस्तानका विद्रोही समूहलाई पैसाको प्रस्ताव गरेको अमेरिकी अधिकारीहरुले बताएका छन्। न्युयोर्क टाइम्सले रुसले अफगानिस्तानका विद्रोहीलाई पैसाको प्रस्ताव गरेर अमेरिकी सेना साथै नेटोमा आवद्ध सेनाहरु मार्न लगाएको अमेरिकी गुप्तचरहरुले निष्कर्ष निकालेको जनाएको छ ।
यो खवर अमेरिकी गूप्तचर संस्थाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइसकेको समेत समाचारमा उल्लेख छ । उक्त सुचनासंगै हवाईट हाउसको नेशनल सेक्युरिटी काउन्सिलको मार्चमा वैठक बसेको थियो । तर उक्त वैठकपछि रुसविरुद्ध कस्तो कदम चाल्ने निर्णय भनेको भएको छैन् ।
तर विदेशमन्त्री माइक पोम्पियोलगायतका उच्च अधिकारीहरुले भने रसियाविरुद्ध अझै कडा कदम चाल्नुपर्ने धारणा राखेका थिए ।
सन् २०१९ मा अफगानिस्तानमा २० अमेरिकी सेना मारिएका थिए। त्यसमा रुसको संलग्नताबारे समेत अनुसन्धान भएको थियो । हाल वार्तामा आएको विद्रोही समुहसंग रुसको साठगांठ रहेको समाचारमा दावी गरिएको छ । यसवारेमा अहिलेसम्म रुस र अमेरिकाको आधिकारीक धारणा सार्वजनिक भएको छैन् ।
अफगानिस्तानका विद्रोही समूह तालिबान र अमेरिकाबीच गत फ्रेबररीमा शान्ती सम्झौता भएको थियो । उक्त शान्ति सम्झौता कार्यान्वयन गर्नको लागी तालिबानले सरकारी सेनाहरु रिहा गरिरहेको छ भने सरकारले तालिबान लडाकु रिहा गरिरहेको छ ।
सम्झौतमा अमेरिकाले सेना हटाउने र तालिवानले हिसांत्मक गतिविधी रोक्ने सहमती भएपनि पूर्ण रुपमा कार्यान्वयन भने भएको छैन् । रुसले पैसाको प्रस्ताव गरेपछि तालिवान विद्रोही समुहले अमेरिका र नेटोमा आवद्ध मुलुकका सेनाविरुद्ध सैनिक कार्वाही बढाएको खवर न्युयोर्क टाइम्स प्रकाशित छ ।




प्रतिक्रिया