काठमाडौं – उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्त र रसियन राजदूत एलेक्सी ए नाेभिकभबीच भेटवार्ता भएको छ ।सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोत क्षेत्रमागर्न सकिने सहकार्यकाविषयमा छलफल भएको हो ।
भेटमा उर्जामन्त्री पुनले नेपाल र रसियाबीचको सम्बन्ध ऐतिहासिक कालदेखी नै सुमधुर रहेको भन्दै आगामी दिनमापनि सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
उनले रसियाले विगतमा पनि पनौती हाईड्रो,पुर्व पश्चिम राजमार्ग र पुर्वाधार निर्माणमा सहयोग गरेको नेपालीजनताले सम्झिरहेको भन्दै आगामीदिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।
मन्त्रीपुनले जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाहगरिदिन राजदूतसंग आग्रह गरे । ‘जलविद्युत क्षेत्र सरकारको समेत उच्चप्राथमिकतामा छ, १ सय मेगावाट भन्दा माथीको परियोजनाको पिपिएपनि सरकारले गर्छ । यो सन्देश रसियनल गानीकर्तालाई प्रवाह गरिदिनुपर्यो ।’मन्त्रीपुनले भेटमा भने ।
जवाफमा राजदूतनोभिकोभले उर्जा क्षेत्रमा सहकार्य गर्न रसिया ईच्छुक रहेको भन्दै लगानीको लागीवातावरण बनाउनपहलगर्ने प्रतिवद्धता व्यक्त गरे ।




प्रतिक्रिया