भारतविरुद्ध सैन्य कारबाही भए धेरै कडा प्रतिक्रिया दिनेछौँ : विदेशमन्त्री एस जयशंकर

भारतविरुद्ध सैन्य कारबाही भए धेरै कडा प्रतिक्रिया दिनेछौँ : विदेशमन्त्री एस जयशंकर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने चेतावनी दिएका छन्।

भारत–इरानमैत्री सन्धिको ७५औँ वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन भारत आएका इरानी विदेशमन्त्री अब्बास अरघचीसँग जयशंकरले यस्तो चेतावनी दिएका हुन् ।

अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणबारे इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उनले भने, ‘यो आक्रमणले हामीलाई पाकिस्तानमा आक्रमण गर्न बाध्य बनायो। ‘हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने हामी धेरै कडा प्रतिक्रिया दिनेछौँ भन्नेमा कुनै शंका छैन।’