अब नेपाल र भारतबीच पाँच वटा रेल कनेक्सन हुन्छन्ः एस जयशंकर

अब नेपाल र भारतबीच पाँच वटा रेल कनेक्सन हुन्छन्ः एस जयशंकर

चीनको प्रभावलाई काउन्टर दिनका लागि भारतले काम नगरेको बताएका छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा चीनको प्रभावलाई काउन्टर दिनका लागि भारतले काम नगरेको बताएका छन् ।

उनले चिनियाँ कम्पनीहरुले ठूला पूर्वाधार परियोजना पाकिस्तान, नेपाल र श्रीलंकामा ल्याइरहेकोले चीनलाई सो क्षेत्रमा उसको प्रभावलाई काउन्टर दिन भारतले के गरिरहेको छ भन्ने प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् ।

जवाफमा जयशंकरले भनेका छन्, ‘हामीले जे गरिरहेका छौं चीनको प्रभावलाई काउन्टर गर्नका लागि गरिरहेका छैनौं ।’

उनले आफूहरुले अहिले पनि नेपाल, बंगलादेश वा श्रीलंकामा पनि लगानी गरिरहेको जनाउँदै दक्षिण एशियामा क्षेत्रीय सचेतताको अभाव भएको उल्लेख गरेका छन् । उनले यसमा भारतको त्रुटी आफूले पाएको उल्लेख गर्दै भनेका छन्, ‘किनभने ठूलो देश भएको नाताले यसको काँधमा ठूलो जिम्मेवारी छ ।’

उनले वितेका पाँचवर्षमा आफूहरुले पहिलाका गल्ती सुधार्न सक्दो प्रयास गरेको जनाउँदै धेरैभन्दा धेरै ‘कनेक्टेड’ दक्षिण एशिया भारतका लागि पनि राम्रो हुने जनाएका छन् ।

चीनले ट्रान्स–हिमालयन रेलवे भारतको सीमा नजिक बनाउन लागेको उल्लेख गर्दै यो भारतको लागि चिन्ताको विषय होइन ? भन्ने अर्को प्रश्नमा भारतका विदेशमन्त्रीले यसअघि नै नेपाल र भारतबीच दुईवटा रेल कनेक्सन रहेको र केही वर्षमा पाँच वटा हुने जनाएका छन् । उनले भनेका छन्, ‘नेपालको भारतसँगको सीमा खुला छ । चीनतर्फ त्यस्तो छैन । धेरै नेपाली कामका लागि भारततर्फ आउने गरेका छन् । यी कुरालाई कसले तुलना गर्न सक्छ ?’

उनले जर्मनीको स्पीगल अनलाइनलाई अन्तर्वाता दिँदै नेपालमा कठोर भूकम्प गएको अवस्था होस् वा यमनको गृहयुद्धका क्रममा भारतीय सेना त्यहाँ गएको विषय समेत अन्तर्वार्तामा जोडेका छन् ।