भारतका विदेशमन्त्री एस जयशंकर भाजपा प्रवेश


एजेन्सी – भारतका विदेशमन्त्री एस जयशंकर सोमबार औपचारिक रूपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् । द हिन्दुस्तान टाइम्सका अनुसार पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाको उपस्थितिमा उनी पार्लियामेन्ट हाउसमा पार्टी प्रवेश गरेका हुन् ।

जयशंकरले नरेन्द्र मोदी मन्त्रिमण्डलमा विदेशमन्त्रीका रूपमा शपथ लिएपछि उनी आज पार्टीमा प्रवेश गरेका हुन् ।उनले भाजपाकी वरिष्ठ नेत्री सुषमा स्वराजको स्थान लिएका हुन् ।

एस जयशंकर प्रधानमन्त्री मोदीका निकटवर्ती मानिन्छन् । मोदी, सुब्रह्मण्यम र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मोदीको पहिलो कार्यकालमा विदेश नीति बनाउन भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement