एस.जयशंकरले स्वीकार गर्लान त परराष्ट्रमन्त्रीको निम्ता ?


काठमाडौं – भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणमा आउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुनः खबर पठाएका छन् ।

नेपाल–भारतको विदेश मन्त्रीस्तरीय बैठकका लागि उनले निमन्त्रणा पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यो विदेश मन्त्रीस्तरीय संयुक्त बैठक गत फागुन दोस्रो हप्ता नै बस्ने कुरा थियो । तर भारतमा चुनाव भएका कारणले बैठक स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त बैठकको मिति चाँडै तोकेर मन्त्री जयशंकरको नेपाल भ्रमण गराउने परराष्ट्र मन्त्रालयको तयारी रहेको छ ।

असार ३ गते भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विदेशी मन्त्रालयका सचिव विजय गोख्लेसँग भेटेर समय तय गर्न आग्रह गरेका थिए । यस विषयमा मन्त्री जयशंकरसँग कुरा गरेर जानकारी गराउने गोख्ले जवाफ दिएको बताइएको छ ।

विदेशमन्त्री स्तरीय बैठकमा राजनीति, सुरक्षा, दुई देशको सीमा, आर्थिक सहयोग, जलस्रोत, दुई देशको शिक्षा, सँस्कृति लगायतको विषमया छलफल हुने बताइएको छ ।

एस.जयशंकर विदेश मन्त्री भएपछि नेपालमा निकै चर्चा भएको थियो । जयशंकरलाई नेपालमा नाकाबन्दीको मूख्य योजनाकार मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement