काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन उनी बुधवार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।
उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरका थिए । बंगलादेशको तीन दिने भ्रमणमा रहेका जयशंकर ढाकाबाट सिधै काठमाडौं आएका हुन् । विदेशमन्त्रीस्तरीय उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्नेछन् ।
तीन वर्षपछि हुन लागेको नेपाल–भारत संयुक्त आयोगको बैठक (आज) बुधवारदेखि राजधानीमा शुरू हुँदैछ । बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकन हुने र सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया