एस जयशंकर आज काठमाडौं आउँदै, पहिलो भेट प्रधानमन्त्रीसँग

एस जयशंकर आज काठमाडौं आउँदै, पहिलो भेट प्रधानमन्त्रीसँग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार र बिहिबार बस्ने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आज (बुधबार) नेपाल आउँदैछन् ।

उनी आज करिब मध्याह्न १२ बजे काठमाडौं अवतरण गर्ने भारतीय दूतावासले जनाएको छ ।तर, उनले बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्रीसँगको भेटवार्ता दिउँसो २ बजे तय गरिएको छ ।

त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुनेछन् । बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता तय भएको छ ।