पहलगाममा मारिएका सुदीपप्रति भारतीय विदेशमन्त्रीद्वारा समवेदना व्यक्त

पहलगाममा मारिएका सुदीपप्रति भारतीय विदेशमन्त्रीद्वारा समवेदना व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार भेटवार्ता भएको जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

जयशंकरले पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिक ( सुदीप न्यौपाने)को मृत्यु भएकोमा राजदूत शर्मासमक्ष समवेदना समेत व्यक्त गरेको उल्लेख गरेका छन् ।

यस्तै उनीहरुबीच द्विपक्षीय सम्बन्धमा भएका विकासक्रमहरूबारे पनि छलफल गरेका छन् ।