पुरुष क्रिकेटमा नेपालले कास्य पदक जित्यो


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । सोमबार बिहान भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गरी नेपालले कास्य पदक जितेको हो ।

मालिल्दभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।

ब्याटिङमा उत्रिएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालको जितका लागि आरिफ शेखले सर्वा्धिक ३२, कप्तान ज्ञानेन्द्र मल्लले २२, बिनोद भण्डारीले १२, रोहितकुमार पौडेल ११ रन, पवन सरार्फले १० रन पारस खड्काले ३ रन र दिपेन्द्रसिंह ऐरीले २ रन बनाए ।

खेलमा उमर एडमले नेपालको ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement