साग : २० स्वर्णका लागि यी हुन् आज हुने १५ खेल

साग : २० स्वर्णका लागि यी हुन् आज हुने १५ खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आइतबारबाट सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (मंगलबार) विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । २० स्वर्ण पदकका लागि हुने खेलमा आज भलिबल खेलको फाइनल हुँदैछ ।

यस्तो छ आजको खेल तालिका

पुरुष फुटबल
नेपाल भर्सेस भुटान, १ बजे, दशरथ रंगशाला
बंगलादेश भर्सेस माल्दिभ्स, ५ बजे, दशरथ रंगशाला

महिला फुटबल
स्थान पोखरा रंगशाला
नेपाल भर्सेस श्रीलंका १ बजे
भारत भर्से माल्दिभ्स, ५ बजे

महिला भलिबलको फाइलन
त्रिपुरेश्वर राखेप कभर्डहल
नेपाल भर्सेस भारत, ४ बजे
पुरुष भलिबलको फाइनल, भारत भर्सेस पाकिस्तान, १ बजे

क्रिकेट
पुरुषः नेपाल भर्सेस श्रीलंका, त्रिवि मैदान
महिलाः श्रीलंका भर्सेस बंगलादेश, पोखरा रंगशाला

उसु
आर्मी क्लबको शारिरिक तथा प्रशिक्षण केन्द्रमा विहान ९ बजेबाट सुरु।

सुटिङ
सुटिङका खेलहरु सातदोबाटोस्थित सुटिङ हलमा बिहानबाट शुरु हुँदैछ।

तेक्वान्दो
ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा मंगलबार गेरुगीतर्फ ४ स्वर्णको टुङ्गो लाग्ने। बिहान ९ बजेबाट शुरु।

एथ्लेटिक्स
मंगलबार एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुङ्गो लाग्ने। काठमाडौंको दशरथ रंगशालामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने।

खो खो
खो खोतर्फ मंगलबार सेमिफाइनलको खेल हुने। सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने।

कराते
सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ। नेपालले ६ स्पर्धामा खेल्ने।

ब्याडमिन्टन
पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार महिला टिम इभेन्टको फाइनलको खेल हुँदै।

गल्फ
गोकर्ण फरेस्ट गल्फ क्लबमा मंगलबार बिहान १० बजेबाट गल्फको खेल सुरु हुने।

टेबल टेनिस
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबार विभिन्न स्पर्धामा खेल हुने।

टेनिस
सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार पनि टिम इभेन्ट्समा प्रतिस्पर्धा हुने।

ट्रायथलन
पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट सुरु हुने।

साइक्लिङ
साइक्लिङको स्पर्धा मंगलबारबाट सुरु हुने। साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुने।