साग : तेक्वान्दोमा गोविन्दबहादुर आलेले जिते स्वर्ण पदक


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले स्वर्ण पदक जितेका छन् ।

गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् । सोमबार सातदोबाटोस्थित कभर्ड हलमा भएको तेक्वान्दोमा नेपालका कमल श्रेष्ठले पुम्सेको पुरुष एकलतर्फ स्वर्ण पदक जितेका छन् ।

तेक्वान्दोतर्फ नै पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत जितेका छन् । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement