साग खेलकुद सुरक्षा व्यवस्थापनका लागि २२ हजार सुरक्षाकर्मी

साग खेलकुद सुरक्षा व्यवस्थापनका लागि २२ हजार सुरक्षाकर्मी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)–२०७६ को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ । आगामी मङ्सिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिता हुँदैछ ।

सो खेलकुदको सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा छ सदस्यीय सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । यो समितिले साग खेलकुद प्रतियोगिताको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

समितिका सदस्यमा नेपाल प्रहरीका डीआईजी दीपक थापा, सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र सेनाका सहायक रथी हिमांशु खड्का रहनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को वरिष्ठ कर्मचारी फणिन्द्र पौडेललाई समितिको सचिव तोकिएको छ ।

काठमाडौँ, ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनेछ । साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीका १४ हजार, सशस्त्र प्रहरीका छ हजार, विशेष प्रहरीका करिब दुई हजार र सेना गरी करिब २२ हजार सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।

नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र भुटानका गरी पाँच हजार खेलाडी, प्रशिक्षक तथा सहयोगी कर्मचारी गरी आठ हजार जनाको सहभागिता हुनेछ । साग खेलकुदमा अफगानिस्तान भने सहभागी हुने छैन । याे खबर गाेरखापत्रमा छ ।