१३औं साग : चारवटा स्वर्ण पदक नेपालको पोल्टामा


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (सोमबार)भएको खेलमा नेपालले चारवटा स्वर्ण पदक जितेको छ ।

आज पोखरा र ललितपुरमा भएको खेलमा नेपालले ट्रायथोलनमा महिलातर्फ, टिम काता महिला तर्फ, तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा र व्यक्तिगत कराँते काता तर्फ स्वर्ण पदक जित्न सफल भएको हो ।

पोखरा लेक साइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले महिला तर्फको स्वर्ण पदक दिलाएकी हुन । आजै भएको ट्रयाथोलन, पुरुषमा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले काश्य पदकमा चित्त बुझाएको छ ।

कराँते टिम काता महिला तर्फ स्वर्ण जितेको हो । संगिता मगर, सरु बिष्ट र निर्मला तामाङको समुहले पाकिस्तान खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन् । त्यस्तै नेपाललाई मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका थिए । उनले व्यक्तिगत कराँते काता तर्फ पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।

तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा कमल श्रेष्ठले एक स्वर्ण थप गर्दै स्वर्णको सङख्या तीन र्पुयाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement