सागको ओलम्पिक टर्च र्‍याली स्वयम्भूबाट सुरू


काठमाडौं – सागको महत्वबारे देशैभरी पुर्‍याउने उद्देश्यका साथ १३औं दक्षिण एसियाली खेलकुद (साग)को ओलम्पिक टर्च र्‍याली शुक्रबार स्वयम्भूबाट सुरू भएको छ । बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च प्रज्वलनगरी पूर्व ओलम्पियनको समुहलाई हस्तान्तरण गरेका हुन् । ‍

टर्च र्‍यालीमा करातेका दिपक श्रेष्ठ सहित १३ खेलाडीको सहभागि रहेको छ । जसमा ओलम्पिनयनहरु वैकुन्ठ मानन्धर, दिपक विस्ट, कान्छिमाया कोजु, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, जितबहादुर केसी, ज्ञानबहादुर बोहरा, टिकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, मुकुन्दही श्रेष्ठ छन् ।

यालीमा सहभागि ओलम्पियनको समूह स्वयम्भू तीन चोटी परिक्रमा गरी शुक्रबार नै प्रदेश नम्बर एकको राजधानी विराटनगर प्रस्थान गरेका छन् । र्‍याली काठमाडाैं विराटनगर, जनकपुर, हेटौडा, चितवन, लम्बिनी, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी, पोखरा हुदै मंसिर १५ गते पुनः काठमाडौ आइपुग्नेछ । टर्च र्‍यालीको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय तथा अनतर्रा्ष्ट्रिय खेलाडी संघलाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement