साग पुरुष भलिबलको खेल तालिका सार्वजनिक


काठमाडौं – नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार समूह ‘ए’मा परेको नेपालले समूह चरणको पहिलो खेलमा आगामी बुधबार बंगलादेशसँग खेल्नेछ । नेपाल रहेको समूहमा भारत पनि छ । नेपाल यसअघि भारतसँग भएको तीन मैत्रीपूर्ण खेलमा पराजित भएको थियो ।

त्यस्तै समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । समूह चरणको शीर्ष दुई टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement