सागमा ५ हजार खेलाडी नेपाल आउँदै, खेलको सम्पूर्ण प्रत्यक्ष प्रशारण भारतीय मिडियाले गर्ने


काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पाँच हजार खेलाडी सहभागी हुने भएका छन् । सागमा २७ खेल (बिच भलिबल र थ्री अन थ्री बास्केटबल) समेत गरि सागमा कुल २९ खेलमा सात देशका कुल ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार विदेशी नेपाल आउनेछन् ।

मंसिर १५ गतेबाट काठमाडौं, पोखरा र जनकपुरमा हुने सागको मिडिया अधिकार भने भारतको एन के मिडिया प्रालिले खरिद गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र भारतको एनके मिडिया भेन्चर प्रालिबीच आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच आठ करोड रूपैयाँमा सम्झौता भएको हो ।

सागलाई अन्तर्राष्ट्रिय रुपमा लैजाने मार्केटिङको जिम्मेवारी भने फिस्कल एजेन्टले पाएको छ । सम्झौताअनुसार एनके मिडियाले २७ वटै खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । त्यसबाहेक विज्ञापनबापतको रकम पनि नेपालले पाउने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरि कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement