सार्क राष्ट्रका नेताबीच आज भिडियो संवाद हुँदै, प्रधानमन्त्री ओली सहभागी हुने

सार्क राष्ट्रका नेताबीच आज भिडियो संवाद हुँदै, प्रधानमन्त्री ओली सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणबारे साझा रणनीति बनाउन नेपालसहित सार्क राष्ट्रका नेताबीच साँझ ५ बजे भिडियो कन्फरेन्स हुन लागेको हो ।

भिडियो कन्फरेन्समा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो संवादमा सहभागी हुनेछन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो ।यस्तै भारतका तर्फबाट भिडियो कन्फरेन्समा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने भारतका विदेश मन्त्रालयका रविश कुमारले जानकारी दिएका छन् ।

सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान रहेका छन् ।