प्रतिपक्षीले मौनधारण गरेपछि सभामुखले भने- सदनको अपमान भयो

प्रतिपक्षीले मौनधारण गरेपछि सभामुखले भने- सदनको अपमान भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिपक्षीले सभाको अपमान गरेको बताएका छन् ।

नेपाली कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण गरेकोप्रति सभामुखले आपत्ति जनाउँदै प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको बताएका हुन् ।

बैठक चलिरहेका बेला कांग्रेसका सांसद राईले आकस्मिक रूपमा शहीदहरूको सम्झनामा पाँच मिनेट मौनधारण गर्न आह्वान गरे । सांसद राईको उक्त आह्वान लगत्तै संसद् बैठकमा उपस्थित अन्य विपक्षी दलका सांसदहरूले पनि आसनबाट उठेर उनलाई साथ दिँदै मौनधारण सुरु गरे।

त्यसपछि रिसाएका सभामुखले संसद् सञ्चालनको नियम र परम्परा विपरीत सभामुखको अनुमति बिना नै आफैँ मौन धारण गर्नु सभामाथि अपमान भएको बताए ।

‘सभामुखले सभा चलाइरहेको बेलामा फरक विषयमा समय मागेपछि दिइसकेपछि सबै सदस्यहरू आफ्नो ज्यान आहुति दिने सहिदहरूप्रति सम्मान गरिरहनेछौं, ‘तर प्रतिनिधिसभा सभा सभामुखले सञ्चालन गर्दैगर्दा सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैँले समय तोकेर जुन किसिमको काम गर्नुभयो सभामाथि अपमान भएको छ । यसबारे ध्यानाकर्षण गराउँछु ।’ उनले भने ।