एक महिनाभित्र संसद सुरू गर्छौं: सभामुख सापकोटा

एक महिनाभित्र संसद सुरू गर्छौं: सभामुख सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरू गर्न संसद सचिवालय तयारी अवस्थामा रहेको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख सापकोटाले अधिवेशन सुरू गर्न संसद सचिवालय तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइरहेको बताएका हुन् ।

संसद अधिवेशन नबोलाइएकोमा सरकार र संसदको नेतृत्वमाथि आलोचना भइरहेको अवस्थामा सभामुख सापकोटाले एक महिनाभित्र संसद् अधिवेशन सुरू हुने गरी छलफल भइरहेको जानकारी दिए ।

कोरोना महामारीका कारण संसद चलाउने सम्बन्धमा विभिन्न विकल्पमा समेत छलफल भइराखेको उनले बताए ।