वरिष्ठ अधिवक्ता भण्डारी महान्यायाधिवक्ता नियुक्त

वरिष्ठ अधिवक्ता भण्डारी महान्यायाधिवक्ता नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् ।

आईतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।