ललितपुर प्रहरी प्रमुख राईलाई धम्की दिने विप्लव समूहकी जिल्ला सेक्रेटरी पक्राउ

ललितपुर प्रहरी प्रमुख राईलाई धम्की दिने विप्लव समूहकी जिल्ला सेक्रेटरी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्की दिने विप्लव समूहकी ललितपुर जिल्ला सेक्रेटरी पक्राउ परेकी छन् ।

एसएसपी राईलाई विप्लव समूहका सेक्रेटरी ३५ वर्षीया सविता अधिकारी (विदुषी)लाई प्रहरीले मंगलबजारबाट पक्राउ गरेको छ । विदुषीले गत जेठ ३१ गते एसएसपी राईलाई विज्ञप्ति जारी गर्दै धम्की दिएकी थिइन् ।

उनले पाटनबाट हतियारसहित पक्राउ परेका आफ्ना पार्टीका जिल्ला सदस्य सानुराज बज्राचार्य पक्राउ पर्दा एसएसपी राईलाई कारबाही गर्ने चेतावनी दिएकी थिइन् ।