काठमाण्डु – सरकारले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सबिना मास्केलाई दिएको छ ।
टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेपछि रिक्त रहेको जिम्मेवारीमा मास्केलाई ल्याइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको मन्त्री स्तरीय निर्णय बमोजिम मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोकिएको छ ।
यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।
पदभार ग्रहण गर्दै मास्केले विषम परिस्थितिमा आफूलाई मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाएकी छन् ।




प्रतिक्रिया