काठमाडौं – भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलासा भएको छ ।
चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो । हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाका मोहम्मद नासिद छन् । हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन ।
प्रहरीका अनुसार नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए । हत्या गरी हेटाैंडा पुगेका ती दुबैलाई प्रहरीले समातेको छ । उनीहरु मोहम्मद रसिद र अरुण कुमार थिए । हत्यामा संलग्न छोरी ईश्वरी भट्टराई छिन् । छोरी र उनको प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि त्यो बाहिर आउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अपराध महाशाखाले जनाएको छ ।




प्रतिक्रिया