नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को संगठनिक एकताको विषयको विवाद नटुंगिएपछि साउन अन्तिममा बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको सचिवालयको बैठकमा इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी नपाएका सबै केन्द्रीय सदस्यहरुसँग परामर्श गरेपछि विभागीय प्रमुखको टुंगो लगाउने निर्णय भएको हो।

आजको बैठकमा कुनै सहमति हुने नसकेपछि साउन २८ गते पुन बस्ने गरी बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपामा पछिल्लो समय स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्ने विवाद चुलिँदै गएको छ । इश्वर पोखरेल र नारायणकाजीले आआफ्नो दाबी नछोडेपछि विभागको नेतृत्व छान्न सकस परेको हो ।