काठमाडौं – सरकारले सचिवको बढुवाका लागि तीन जना सहसचिव सिफारिस गरेको छ ।
लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मंगलबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिव सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरुमा टेकनारायण पाण्डे, एकनारायण अर्याल र रामशरण पुडासैनीलाई सिफारिस गरेको हो । सिफारिस भएका मध्ये पाण्डे प्रदेश नं ५ को मुख्यमन्त्रीको कार्यालयमा कार्यरत छन् भने, अर्याल कलकत्तास्थित नेपाली महावाणिज्यदुतको रुपमा कार्यरत छन् ।
यस्तै पुडासैनी अर्थ मन्त्रलायमा कार्यरत छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले हाल सिफारिस गरिएका तीन मध्ये पहिलो नम्बरमा रहेका टेकनारायण पाण्डेलाई सचिवमा बढुवा गर्ने सम्भावना छ ।




प्रतिक्रिया