काठमाण्डु – तीन जना सह–सचिव सचिव बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको बैठकले रिक्त रहेको सचिव पदमा तीन जनाको नाम सिफारिस गरेको हो । बढुवाका लागि सिफारिस हुनेहरुमा सह–सचिवत्रय तथ्यांक विभागमा कार्यरत सुमन अर्याल, लुम्बिनी प्रदेशमा कार्यरत भरतमणि सुवेदी र राष्ट्रिय सूचना आयोगमा कार्यरत मुकुन्द पौड्याल रहेका छन् ।
लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको नेतृत्वमा रहेको बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । अब बस्ने मन्त्रिपरिषद्को बैठकले बढुवामा सिफारिस भएका तीन जना सह–सचिव मध्येबाट एक जनाको नाम स्वीकृत गर्नेछ ।




प्रतिक्रिया