काठमाण्डु – परराष्ट्रसचिव भरतराज पौडेल भारत भ्रमणमा जाने भएका छन् । भारतीय सकमक्षी विनयमोहन क्वात्राको निमन्त्रणामा पौडेल नयां दिल्ली जान लागेका हुन् । परराष्ट्रमन्त्रालयले पौडेलको भ्रमण सेप्टेम्बर १३ देखि १४ सम्म हुने जनाएको छ ।
दुवै सचिवबीच मंगरबार द्धिपक्षीय भेटवार्ता हुंदैछ । भेटमा नेपाल भारत सहकार्यका विभिन्न पक्षबारे छलफल हुनेछ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भएका सम्झौता र घोषणा भएका सहयोगको प्रगतिको बारेमा समेत बैठकमा छलफल हुनेछ ।
भारतको विदेश मन्त्रालयले समेत छलफलमा द्धिपक्षीय सम्बन्धका बहुआयामिक सहकार्यका सबै क्षेत्रको बारेमा छलफल हुने जनाएको छ । दुबै मुलुकबीच पछिल्लो समय उर्जा क्षेत्रमा सहकार्य अघि बढिरहेको छ ।
दुवै देशका परराष्ट्रसचिवहरुको बैठक दुई वर्षपछि हुन लागेको हो । यसअघि २०२० मा भारतीय विदेशसचिव हर्ष श्रृङगला नेपाल भ्रमणमा आएका थिए ।




प्रतिक्रिया