सचिव नै जान्छन् लुकेर विदेश, प्रधानमन्त्री कार्यालयले थाल्यो कारबाही

सचिव नै जान्छन् लुकेर विदेश, प्रधानमन्त्री कार्यालयले थाल्यो कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं – सरकारलाई जानकारी नै नदिई लुकीछिपी विदेश जाने तीन सचिवलाई प्रधानमन्त्री तथा मन्न्त्रिपरिषद्को कार्यालयले स्पष्टीकरण सोधेको छ। सरकारका अन्य १८ वटा मन्त्रालयका १८ सचविले गरेको विदेश भ्रमणबारे पनि प्रधानमन्त्री कार्यालयले अध्ध्यन थालेको छ।

प्रधानमन्त्री कार्यालयले खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर। भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेललाई स्पष्टीकरण सोधेको हो।

प्रधानमन्त्री कार्यालयले अन्य २१ व्टा मन्त्रालयका सचिवलाई पत्र पठाउँदै सबै सचिवको विदेश भ्रमणको औचित्यसमेत माग गरेको छ। विभिन्न मन्त्रालयका सचिव विदेश भ्रमण जाने क्रमलाई तीव्रता दिन थालेपछि प्रधानमन्त्री कार्यालयले सबै सचिवको विदेश भ्रमणको औचित्यमाथि छाननि थालेको छ।

प्रधानमन्त्री कार्यालायका प्रवक्ता विनोदबहादुर कुँवरले सचिवहरुको भ्रमण अभिलेख राख्न भ्रमणको विवरण माग गरिएको जानकारी दिए। यो खबर आजको राजधानी दैनिकमा छ ।