काठमाण्डु– उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश घिमिरेको सरुवा भएको छ । घिमिरेलाई राष्ट्रिय सतर्कता केन्द्र पठाइएको छ भने सर्तकता केन्द्रमा रहेका सचिव देवेन्द्र कार्कीलाई उर्जा मन्त्रालयमा ल्याइएको छ । घिमिरे सचिवमा बढुवा भएदेखी नै उर्जा मन्त्रालयको सचिवका रुपमा दुई वर्षदेखी कार्यरत थिए भने कार्की यसअघि भौतिक मन्त्रालयको सचिव थिए । दुवै जना प्राविधिक पृष्ठभुमिबाट आएका सचिव हुन ।
त्यसैगरी वन मन्त्रालयको सचिवमा डा.प्रेमनारायण कडेंलको सरुवा भएको छ । वनसचिव विश्वनाथ ओलीले अनिवार्य अवकास लिएसंगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव कडेंलको वनमा सरुवा भएको हो । केही समय अघि सचिवमा बढुवा भएका मुकुन्द प्रसाद पौडयालको बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा भएको छ । त्यहांका प्रमुख सचिव मानबहादुर विकले पनि अनिवार्य अवकास पाएका छन् ।




प्रतिक्रिया