काठमाण्डु – सरकारले मन्त्रालयका १० सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवहरूको सरुवा गरेको हाे । उनीहरुमध्ये तीन जना सचिव ४ महिना नपुग्दै दोस्रोपटक सरुवा भएका छन् ।
स्रोतकाअनुसार सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालको श्रम मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा हाल निर्वाचन आयोगमा रहेका सचिव सुरेश अधिकारीलाइ ल्याइएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री कार्यालयमा रहेका सचिव महेश्वर न्यौपानेको पर्यटन मन्त्रालयमा सरुवा भएको छ । पर्यटनका यादव कोइरालाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ । शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलिया प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।




प्रतिक्रिया