मन्त्री भएको २४ दिनमै नारायणकाजी श्रेष्ठद्धारा भौतिक सचिव परिर्वतन

मन्त्री भएको २४ दिनमै नारायणकाजी श्रेष्ठद्धारा भौतिक सचिव परिर्वतन


काठमाण्डु- भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा सरकारले दुई सचिवको सरुवा गरेको छ । सरकारले मन्त्री श्रेष्ठको प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई सरुवा गरेको हो ।

जसअनुसार सचिव सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने ऊर्जा जलस्रोत तथा सिंचाई सचिव केशवकुमार शर्मालाई यातायात मन्त्रालयको सचिवमा सरुवा गरिएको हो ।

नयाँ मन्त्री नियुक्त भएलगत्तै आफू अनुकुल सचिव ल्याउने चलन नै रहिआएको छ । मन्त्री श्रेष्ठले पनि आफू अनुकुल केशवकुमारलाई आफ्नो मन्त्रालयमा ल्याएका हुन् । श्रेष्ठ मन्त्रीमा नियुक्त भएको २४ दिन मात्रै भएको छ । उनले आफू मन्त्री भएको २४ दिनमै सचिव फेरेका छन् ।