६ आयोगका लागि सचिव ताेकिए, काे कहाँ ?

६ आयोगका लागि सचिव ताेकिए, काे कहाँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ६ आयोगका लागि सचिव पठाउने निर्णय गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे मन्त्रिस्तरीय बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका लागि सचिवहरु पठाउने निर्णय गरेको  हाे।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार मन्त्रालयमा कार्यरत सहसचिवलाई आयोगका सचिवमा कामकाजका लागि तोकिएको हो।

आयोगद्वारा खटाइएका सचिवमा राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेशी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारू आयोगमा रुपनारायण भट्टराई छन्।