बालुवाटार पुगेर सचिन तेन्दुल्करले प्रधानमन्त्रीलाई भेटे


काठमाडौं – विश्व क्रिकेटका एक महान् हस्ती सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले आइतवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रसँग भेट गरेका हुन् ।

युनिसेफका सद्भावना दूत रहेका तेन्दुल्करसँगको भेटपछि प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरेका छन् । तेन्दुल्करले बालबालिकाको अधिकार संरक्षण र उनीहरुको हितका लागि नेपाल सरकारले गरेको प्रयासको प्रशंसा गरे ।

उनले बाल अधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालले गरेका प्रयासको सराहना गरे। सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए । यो पटक युनिसेफको सद्भावना दूताका रुपमा उनी नेपाल भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस