सचिन तेन्दुल्कर नेपाल आउने


काठमाडौं – भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् । सचिन युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन् ।

युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने लगभग पक्का भएको छ । १६ तारिखमा सम्भव नभएमा २० वा २२ तारिख आउने गरी कुराकारी भइरहेको छ ।

उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन् । सचिन त्यही दिन भारत फर्कने कार्यक्रम छ ।

सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए । त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement