काठमाण्डु– वर्षासँगै आएको बाढी–पहिरोले देश भरका ७ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै ७ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी दिएको हो ।
यस्तै ९ वटा सडकमा एकतर्फी गाडी चलेका छन्।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित अरनिको राजमार्ग, नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्ग र लमजुङको मध्यनेपाल नगरपालिका–९ स्थित मध्यपहाडी लोकमार्ग आज पूर्णरूपमा अवरुद्ध छन् ।
काठमाण्डु– नुवाकोट सडक, तेह्रथुमको लालीगुराँस नगरपालिका ७ स्थित मध्यपहाडी राजमार्ग रसुवाको गल्छी त्रिवेणी सडक, बागलुङको बागलुङ नगरपालिका १० स्थित कालीगण्डकी करिडोर र बागलुङकै काठेखोला ६स्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिका ४ स्थित बेनी जोमसोम सडक एकतर्फी सञ्चालनमा आएका छन् ।
यस्तै तनहुँको बन्दिपुर ४ चुनपहडास्थित पृथ्वी राजमार्ग, कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पोखरा बागलुङ सडक, गुल्मीको रुरु ३ स्थित रिडी तम्घास सडक, दाङको लमही नगरपालिका ९ स्थित राप्ती राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा आज एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको पनि प्रहरीले जनाएको छ।





प्रतिक्रिया