सडक डिभिजन काठमाण्डुले तोड्यो अलपत्र पारिएका २५ रुग्ण ठेक्का

सडक डिभिजन काठमाण्डुले तोड्यो अलपत्र पारिएका २५ रुग्ण ठेक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका २५ रुग्ण ठेक्का तोडेको छ । सडक डिभिजन कार्यालय काठमाण्डुले सोमबार सूचना जारी गर्दै उक्त ठेक्का तोडेको जनाएको हो ।

आर्थिक वर्ष २०६७र६८ देखि २०७९र८० मा सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका रुग्ण ठेक्का तोडेको सूचनामा उल्लेख छ ।

२५ निर्माण व्यवसायीलाई ११ कात्तिकमा ठेक्का किन नतोड्ने रु भन्दै स्पष्टीकरण सोधिएको थियो । तर, चित्तबुझ्दो स्पष्टीकरण नभएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो ।

कार्यालयले निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिएको छ ।

हेर्नुहोस् सूचना