काठमाण्डु– लगातारको वर्षापछि आएको बाढी–पहिरोका कारणा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार अहिले विभिन्न स्थानका ३ सडक पूर्ण रुपमा बन्द भएका छन् भने २ वटा सडक एकतर्फी सञ्चालमा आएका छन् ।
बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्गका तीन खण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् भने कान्ति लोकपथ र बेनी जोमसोम सडक एकतर्फी सञ्चालनमा आएका छन् ।
काभ्रेको नमोबुद्ध नगरपालिका– ६ चौकीडाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसय बेँसी लगायतका ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग अहिले पूर्णरुपमा अवरुद्ध छ। बीपी राजमार्ग सोमबार साँझदेखि नै अवरुद्ध बनेको हो।
त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा ईकु पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध छ।
यस्तै लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ।





प्रतिक्रिया