बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध (सूचनासहित)

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्।

बाढी र पहिरोले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात अवरुद्ध भएको छ।

नेपाल प्रहरीका अनुसार कोशी प्रदेशको भोजपुर र सङ्खुवासभामा यातायात प्रभावित भएको छ। भोजपुर नगरपालिका–५, बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ ।

यस्तै, सङ्खुवासभाको मकालु गाउँपालिका–३, नयाँ बस्तीमा खसेको पहिरोका कारण कोशी राजमार्ग पनि एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

काभ्रेपलान्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा बाढीको सम्भावनालाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

गण्डकी प्रदेशमा लमजुङ र म्याग्दी जिल्ला बढी प्रभावित भएका छन्। लमजुङको मध्यनेपाल नगरपालिका–१०, बिमिरेभञ्ज्याङमा खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, जलथलेमा पहिरोका कारण बेनी(जोमसोम सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा छ।

कर्णाली प्रदेशको हुम्ला जिल्ला, नाम्खा गाउँपालिका–२ मा पहिरोको जोखिम बढेका कारण हिल्सा–सिमकोट सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।