गुल्मीको रिडी-वामीटक्सार र गजुरी सडक अवरुद्ध

गुल्मीको रिडी-वामीटक्सार र गजुरी सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ। सो सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि शुक्रबाार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

डहरेमा सडक माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। सडक सञ्चालन गर्न जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक कठिन भइ प्रनाउ सारुले बताए। उक्त खोलाले तीन दिनअघि एउटा कार बगाएको थियो।

त्यसैगरी सुक्खा पहिरोका कारण रिडी‐खञ्ज्याङ सडक पनि अवरुद्ध बनेको छ। उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका‐१ स्थित साँखरमा सडक माथिबाट पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो। वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पनि सतह बढेको छ।

गुल्मीमा २०० भन्दा बढी स्थान बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
यस्तै पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, जहरे खेतमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
सडक माथिबाट रुखसहित आएको पहिरोका कारण सडक दुवैतर्फ अवरुद्ध भएको गजुरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ ।

यस्तै धादिङकै थाक्रे गाउँपालिका–७, सातकिलोमा पनि पहिरो खस्दा सडक एकतर्फी सञ्चान भइरहेको छ ।