मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो

मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमा खाल्डो खनिएकाले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । सडकको एक लेन खाल्डोले ढाकेका कारण सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै लाजिम्पाटस्थित सांग्रिला होटेलबाट रानीबारीतर्फ जाने मोडमा पनि खानेपानीको पाइप लाइनका लागि खाल्डो खनिएको छ । उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न चालक ट्राफिक प्रहरीले आग्रहसमेत गरेको छ । हाल विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सामान्य तवरले चलिरहेका पनि ट्राफिक प्रहरीले जनाएको छ ।