साफ च्याम्पियनशिपमा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

साफ च्याम्पियनशिपमा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू-१५ फुटबलमा बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५-० गोल अन्तरले पराजित गरेको छ। नेपाल तालिकाको शीर्ष दुई स्थानमा रहने सम्भावना बलियो बनेको हो।

चार खेलपछि नौ अंक भएको नेपाल दास्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको भारतको तीन खेलबाट नौ अंक छ। तीन खेलबाट ६ अंक भएको बंगलादेश तेस्रो स्थानमा छ।

बिहीबार नै हुने आफ्नो अन्तिम लिग खेलमा भारतलाई कम्तिमा पाँच गोल अन्तरले हराउन सके बंगलादेश तालिकाको दोस्रो स्थानमा उक्लने छ। तर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भारतविरुद्ध बंगलादेशलाई यो सजिलो छैन।

पहिलो खेलमा भारतसँग ५–० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेशलाई २–० गोलले हराउँदै जित यात्रा शुरु गरेको थियो। त्यसपछिको खेलमा श्रीलंकालाई नेपालले ४–० गोलले हराएको थियो।

पाँच टोली सहभागि प्रतियोगितामा राउण्ड रोविन लिगको आधारमा शीर्ष दुई टोली फाइनल पुग्नेछन्। भारत र बंगलादेश दुई–दुई पटकका विजेता हुन्। दुई पटक फाइनल पुगेको नेपाल विजेता बन्न भने सकेको छैन।